• २०८३ असार ७ आइतबार

रविलाई बधाई दिदै गगनले भने- संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय

रविलाई बधाई दिदै गगनले भने- संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको अवसरमा सभापति रवि लामिछानेलाई बधाई दिदै पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताएका छन् । 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिँदै थापाले लामिछाने नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका हुन् । 

उनले महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताउदै भनेका छन- 'पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो ।’

थापाले महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ अपेक्षा लिएको बताउदै भनेका छन्- 'महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै