• २०८३ असार ७ आइतबार

सम्झौता उल्लङ्घनको आरोप लगाउदै इरानको होर्मुज बन्द गर्ने घोषणा

सम्झौता उल्लङ्घनको आरोप लगाउदै इरानको होर्मुज बन्द गर्ने घोषणा

काठमाडौँ । इरानले फेरि एकपटक होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार देशको संयुक्त उच्च सैन्य कमान्डले सरकारी टेलिभिजनमार्फत उक्त घोषणा गरेको हो ।

खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिका शान्ति सम्झौताको पहिलो सर्त कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । साथै, इजरायलले दक्षिणी लेबनानमा युद्धविराम सम्झौताको निरन्तर उल्लङ्घन गरिरहेको पनि इरानको दाबी छ । यही अवस्थाको जवाफस्वरूप इरानले अब होर्मुज जलडमरूमध्यमार्फत हुने जहाजहरूको आवतजावत बन्द गरिने घोषणा गरेको जनाएको छ ।

होर्मुज जलडमरूमध्य विश्वव्यापी तेल र प्राकृतिक ग्यास व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ । खाडी क्षेत्रका धेरै देशबाट हुने ठूलो परिमाणको ऊर्जा निर्यात यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ ।

त्यसैले इरानको यो निर्णयले अन्तर्राष्ट्रिय तेल बजार, ऊर्जा आपूर्ति प्रणाली तथा विश्व व्यापारमा व्यापक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै