काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ ।
आइतबारदेखि चितवनमा हुने महाधिवेशनका लागि सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने जनाएको छ ।
त्यस्तै पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक रहेका छन् ।
त्यस्तै आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारवाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ ।









