काठमाडौँ । काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ ।
आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको सम्बन्धि मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।
जसअनुसार आज विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आजैको बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा सांसदहरु कृपाराम राना, युवराज दुलाल, पार्वती विक, यशोदा कुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरू प्रसाद बराल, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ्ग, अर्जुन कुमार कार्की, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञ बहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐन बहादुर महर, रमेश कुमार मल्ल, पुष्प राज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्मा कुमारी अर्यालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजको बैठकमा विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसैगरी आजको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।









