काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ०.०८ अंकले घटेर २७०५.५३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, लगानी र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी डिभेन्चरको शेयर ८.६४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।









