काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा जारी विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
विपक्षी दलका सांसदले प्रतिनिधि सभा नियमावली अनुसार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको छ । यस अघि सोमबार पनि मन्त्री उपस्थित नहुदै बैठक स्थगित भएको थियो ।









