• २०८३ असार २ मंगलबार

उमा भुजेलमाथि विप्लव माओवादीको कारबाही, जिम्मेवारीबाट हटाइयो

उमा भुजेलमाथि विप्लव माओवादीको कारबाही, जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीकी सचिवालय सदस्य उमा भुजेल ‘सिलु’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समितिसहित सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । 

पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा जारी विज्ञप्तिमा पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्काउवादी गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उक्त निर्णय गरिएको उल्लेख छ ।

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल ‘गोरखा जेलब्रेकर’ का रूपमा समेत परिचित छिन् । दसवर्षे सशस्त्र द्वन्द्वको समयमा पक्राउ परेकी भुजेलसहितका महिला लडाकुहरूले २०५७ साल चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर साहसिक रूपमा जेल ब्रेक गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै