काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका पाँच समितिको वैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बिहान ९ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल हुने कार्यसूची रहेको छ भने बिहान ९ बजेदेखि नै शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफल हुदैछ ।
त्यसैगरी विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा समितिको बार्षिक कार्ययोजना सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान १० बजेदेखि बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक (पुरानो संसद) भवन निर्माणको कार्ययोजना सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेरको कार्यसूची रहेको छ ।









