काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने कर्णाली र काठमाडौँमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ६९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना, कोशी प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँमा २४ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १० जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा २ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।









