• २०८३ जेठ २३ शनिबार

दुर्गा प्रसाईं र धवलशमशेर राणाबीच नयाँ राष्ट्रवादी पार्टी खोल्ने सहमति

दुर्गा प्रसाईं र धवलशमशेर राणाबीच नयाँ राष्ट्रवादी पार्टी खोल्ने सहमति

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् ।  उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् । 

उनीहरुले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित दर्शन र दोहोरो नागरिकता पाउनेगरी एकपटकको नेपाली सधैँको हुनेगरी नयाँ पार्टी बनाउने बताएका छन् ।

राणाले पार्टीको नाम भने दुवै पक्षलाई समेटेर बनाइने समितिको सुझाव अनुसार राखिने बताएका छन् । त्यस्तै प्रसाईले राप्रपासहित सबै दलका राष्ट्रवादी नेता कार्यकर्तालाई आफुहरुको दलमा आउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै