काठमाडौँ । नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।









