• २०८३ बैशाख १६ बुधबार

सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

काठमाडौँ । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारले 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश', ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’ रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरकारले यसअघि वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतले सबै अध्यादेश अहिले अध्ययनको क्रममा रहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै