• २०८३ बैशाख ११ शुक्रबार

ऐन महर बने एमालेको प्रमुख सचेतक

ऐन महर बने एमालेको प्रमुख सचेतक

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट प्रत्य्क्ष निर्वाचित भएका थिए ।

त्यस्तै सचेतकमा निता घतानीलाई मनोनयन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै