• २०८३ बैशाख ११ शुक्रबार

सभामुख अर्यालको उपस्थितिमा डिजिटल पूर्वाधार सुदृढीकरण बारे उच्चस्तरीय छलफल

सभामुख अर्यालको उपस्थितिमा डिजिटल पूर्वाधार सुदृढीकरण बारे उच्चस्तरीय छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा नेपालको डिजिटल पूर्वाधार सुदृढीकरणसँग सम्बन्धित विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

छलफलमा राष्ट्रिय परिचयपत्रको सुरक्षित र प्रभावकारी कार्यान्वयन, डाटा सेन्टर तथा सरकारी अनुप्रयोगहरूको प्राथमिकता निर्धारण, सरकारी लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य तथा साझेदारीका विषयमा गम्भीर विचार–विमर्श गरिएको थियो।

यसका साथै सूचना प्रविधि क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र तिनका समाधानका उपायबारे पनि विस्तृत छलफल भएको जनाइएको छ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सना, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलमा डिजिटल पूर्वाधारलाई अझ प्रभावकारी, सुरक्षित र सर्वसुलभ बनाउने दिशामा आवश्यक समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिइएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै