• २०८३ बैशाख ११ शुक्रबार

महेश बस्नेत भन्छन्- पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार !

महेश बस्नेत भन्छन्- पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार !

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्युले दोहोरो चरित्र देखाएको भन्दै उनले सरकारको कडा आलोचना गरेका छन् ।

उनले भनेका छन्- 'सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न हो । एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्यु! दोहोरो चरित्र होइन। न्याय देऊ सरकार।'

सदनमा माफी माग्ने रवि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेको भन्दै नेता बस्नेतले हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारेको तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिएको बताए ।

नेता बस्नेतले पिडितलाई वास्तविक न्याय चाहिने भन्दै नौटंकी बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्- 'सदनमा माफी माग्ने रबि लामिछानेहरूको स्टण्डबाजी आज लाजको पसारो बनेका छन् । हिजो सन्तोष परियारजस्ता बौद्धिक व्यक्तिलाई रुवाउँदै पार्टी छोड्न बाध्य पारियो, तर आज यस्ता घटनामा जिम्मेवारीबाट पन्छिन खोजिँदैछ । यत्रो मन्त्रिपरिषद् गठन हुँदा समेत एक जना दलित मन्त्रीसमेत नबनाइनु यो पनि एउटा कटु यथार्थ हो। धामी पनि आफैँ, झाँक्री पनि आफैँ बन्ने होइन, गोहीको आँसु होइन। पीडितलाई वास्तविक न्याय चाहिन्छ। नौटंकी बन्द गर सरकार।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै