• २०८३ बैशाख ७ सोमबार

हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोल बस्ने ६४ वर्षीय माहाशेर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । 

आपसी वादविवादको क्रममा राम प्रसादले धारिलो हतियार चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका माहाशेरको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै