• २०८३ बैशाख ५ शनिबार

आइपिएलमा आज दुई खेल हुदै

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् ।

आइपिएलमा आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपालि समय अनुसार यो खेल दिउसो ३: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले ४ खेलमा २ जित र हार बेहोरेको छ भने हाल पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज दोस्रो खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा सनराइजर्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित चौथो स्थानमा रहेको छ ।  त्यस्तै चेन्नईको पनि ५ खेलमा २ जित र ३ हार बेहोरेर ४ अंकसहित आठौ स्थानमा रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै