काठमाडौं । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् ।
सिंहदरबारस्थित संसद सचिवालय पुगेर रुबीले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । रुबीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपाली काँग्रेस, एमाले र नेकपाको समर्थन रहेको छ ।
यसअघि उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।









