• २०८३ बैशाख ५ शनिबार

घुस लिएका इन्जिनियरविरुद्ध मुद्धा दायर

घुस लिएका इन्जिनियरविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ स्थित विद्यालयको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । सोही आधारमा खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट उनले बिल तयार पार्ने, नापजाँच गर्ने तथा पास गराउने प्रक्रियामा सहजीकरण गर्ने बहानामा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै बराबर बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै