काठमाडौँ । सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गरेको छ ।
सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हुने गर्दछ ।
कँडेल रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी रहेका थिए ।









