• २०८३ बैशाख ८ मंगलबार

महेश बस्नेतविरुद्ध दायर रिट उच्च अदालत पाटनबाट खारेज

महेश बस्नेतविरुद्ध दायर रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौँ । उच्च अदालत पतनले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज गरेको छ । बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै दायर गरिएको रिट अदालतले खारेज गरेको हो । 

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।    

जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएपनि उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन् । उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध उनको आरोप खारेज भएको छ ।  

प्रहरीले बस्नेतलाई पक्राउ गर्न अनुमति मागेपनि काठमाडौं जिल्ला अदालतले चैत १६ गते अनुमति दिन अस्वीकार गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै