• २०८३ बैशाख ९ बुधबार

महेश बस्नेत भन्छन्- फरार भएको छैन, नक्कली जाहेरी दिन लगाई पक्राउको योजना बनाइयो

महेश बस्नेत भन्छन्- फरार भएको छैन, नक्कली जाहेरी दिन लगाई पक्राउको योजना बनाइयो

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफु फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत भएको बताएका छन् । बस्नेतले हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको बताउदै आफु फरार नरहेको स्पष्ट गरेका छन् ।

उनले आफुविरुद्धको जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको र सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिएको आरोप लगाएका छन् । उनले भनेका छन्- ' जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ । सोही बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको  छ्। यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदैछ ।'

नेता बस्नेतले यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित कुकर्म भएको बताउदै यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै