• २०८३ बैशाख १६ बुधबार

नुहाउने क्रममा डुबेर बेपत्ता दुई बालको शव फेला

नुहाउने क्रममा डुबेर बेपत्ता दुई बालको शव फेला

चितवन । चितवनको भरतपुरमहानगरपालिका–३ बाह्रघरे स्थित नारायणी नदीबाट आइतबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही महानगरपालिका–१६ शरणपुर घर भइ बारघरेस्थित मुन लाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने सनम रम्तेल र प्रशान्त क्षेत्री पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।

दुई बालक डुबेर बेपत्ता भएको खबरपछि सशस्त्रको गोताखोरसहित विपद् व्यवास्थापन टोली खोजिकार्यको लागि खटिएको थियो । खोजिकार्य गर्ने क्रममा सशस्त्र प्रहरीले घटनास्थलको २० फिट गहिराई बाट दुवैजनाको शव बाहिर निकालेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै