• २०८३ बैशाख ५ शनिबार

भारतको चण्डीगढमा हुने तेश्रो खुला रिले च्याम्पियनसिपमा नेपालबाट ११ खेलाडी सहभागी हुने

भारतको चण्डीगढमा हुने तेश्रो खुला रिले च्याम्पियनसिपमा नेपालबाट ११ खेलाडी सहभागी हुने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले मार्च २८ तारिखमा हुने तेश्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोलीको बिदाई गरेको छ ।

खेलाडीसहितको टोली बिहीबार भारतको चण्डीगढ जाने भएको छ ।

जसमा खेलाडीहरुमा शिवराज पार्की, सुशिल केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार, सन्जिव नेपाली सीमा चौधरी, अनिशा विक, सुमित्राकुमारी चौधरी र भग्रथी चौधरी तथा नेपालले पुरुष, महिला र मिक्सतर्फ ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै प्रशिक्षकमा उषाकुमारी कर्ण, बुद्धकुमारी घिमिरे र विमला राना मगर रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल एथलेटिक्स संघका अध्यक्ष समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, जगत टमटा र सन्तकुमार मेहतालगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै