काठमाडौँ । गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा १० हजार ५४० मतले अगाडी रहेका छन् । खत्रीले १३ हजार ५४० मत प्राप्त गरेका छन् ।
त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले ३०८० मत प्राप्त गरेका छन् ।









