काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले १८ हजार ३३२ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले ११ हजार ९०८ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म ६४२४ मतले अग्रता बनाएका छन् ।
त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले २८४३ मत पाएका छन् भने नेकपा एमालेका टिकाराम लिम्बुले २६६० मत र नेपाली काँग्रेसका १८८० मत प्राप्त गरेका छन् ।









