• २०८३ बैशाख ६ आइतबार

कमल थापाले गरे काठमाडौँ- ५ बाट मनोनयन दर्ता

कमल थापाले गरे काठमाडौँ- ५ बाट मनोनयन दर्ता

काठमाडौँ । राप्रपा नेता कमल थापाले काठमाडौँ- ५ बाट आफ्नो मनोनयन दर्ता गरेका छन् ।

यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थापा यस पटक काठमाडौँमा चुनाव लड्न लागेका हुन् ।

यस क्षेत्रमा काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ ।  पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।

एमालेले यस पटक पनि यस क्षेत्रमा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै