• २०८३ बैशाख ८ मंगलबार

रवि लामिछाने जहाजबाट चितवन गएर गाडीबाट भैरहवा जाने

रवि लामिछाने जहाजबाट चितवन गएर गाडीबाट भैरहवा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने चितवन हुदै भैरहवा जाने भएका छन् ।

भैरहवाको मौसम खराब भएका कारण लामिछाने भरतपुरसम्म विमानमा जाने र त्यसपछि गाडीमा भैरहवा जाने भएका हुन् ।

यसअघि लामिछानेलाई भैरहवा लैजान शुक्रबार बिहान नै विमानस्थल पुर्याइएको भएपनि भैरहवामा कुहिरो लागेका कारण उडान अनिश्चित भएको थियो । 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै