• २०८३ बैशाख ७ सोमबार

प्रभु बैंक प्रकरणमा गुण एयरका संचालक शाक्य पक्राउ

प्रभु बैंक प्रकरणमा गुण एयरका संचालक शाक्य पक्राउ

काठमाडौँ । गुण एयरलाइन्सका संचालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

शाक्यलाई बुधबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सिआईबीले प्रभु बैंकबाट प्रवाह गरिएको कर्जाको दुरुपयोग गर्ने कार्यमा संलग्न भएको भन्दै शाक्यलाई पर्काउ गरेको जानकारी दिएको छ ।

यसअघि सिआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो ।    

उनीहरुलाई राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराएको आरोपमा पक्राउ गरिएको र यो विषय हाल अनुसन्धानको क्रममा रहेको  सिआईबी जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै