• २०८३ बैशाख ८ मंगलबार

नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा पक्राउ परेका रास्वपा नेता निलम्बित

नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा पक्राउ परेका रास्वपा नेता निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ ।

कँडेललाई नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न रहेको अर्प्मा रूपन्देही जिल्ला प्रहरीले प्रकाउ गरेपछि रास्वपाको अनुशासन समितिले निलम्बन गरेको हो । 

अनुशासन समितिले भनेको छ-

बागमती प्रदेश प्रशिक्षण विभागमा रहनु भएका तपाई हरि प्रसाद कडेलका विषयमा हाल आएका सूचनाहरुको आधारमा नेपाल सरकारको अध्यावदिक कानून विपरितका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानविन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारवाही समेत हुन सक्ने गरी हाल तपाईलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदछौं ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै