• २०८३ बैशाख ९ बुधबार

भारतको पहलगाममा आक्रमण गर्ने 'टीआरएफ' अमेरिकाको आतंकवादी संगठनको सूचीमा

भारतको पहलगाममा आक्रमण गर्ने  'टीआरएफ' अमेरिकाको आतंकवादी संगठनको सूचीमा

काठमाडौँ । अमेरिकाले 'द रेजिस्टेन्स फ्रन्ट' (टीआरएफ) लाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ ।  विज्ञप्तिमा लश्कर-ए-तैयबाको एक मोर्चा, टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र  यसमा २६ जना  मारिएको उल्लेख छ ।

अमेरिकाले भनेको छ- 'यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर-ए-तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै