• २०८३ बैशाख १५ मंगलबार

तौलिहवाको बसपार्क क्षेत्रमा ग्यालेक्सी युथ क्लबको सरसफाई अभियान

तौलिहवाको बसपार्क क्षेत्रमा ग्यालेक्सी युथ क्लबको सरसफाई अभियान

कपिलवस्तु । ग्यालेक्सी युथ क्लबले कपिलवस्तुले आफ्नो सरसफाई अभियानलाई निरन्तरता दिइरहेको छ ।

यसैक्रममा क्लबले आज शनिबार तौलिहवाको वार्ड नम्बर १ को बस पार्क क्षेत्रमा सरसफाई गरेको छ । क्लबका ३० भन्दा बढी सदस्यहरु आजको सरसफाई अभियानमा सहभागी भएका थिए ।  

क्लबले साताको एक पटक केहि घण्टा समाजलाई दिने प्रतिबद्धता अनुसार आज शनिबार तौलिहवा बजार क्षेत्रमा सरसफाई गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिएका छन् ।   

गिरीका अनुसार सफाईको क्रममा ३ क्विन्टल भन्दा बढी फोहोर व्यवस्थापन गरिएको जानकारी दिए । उनले पछिल्लो तीन महिनादेखि सरसफाई अभियानलाई निरन्तरता दिइरहेको बताए । 

स्थापनाको छोटो समयमा कपिलवस्तुमा सामाजिक कार्यका लागि पहिचान बनाएको ग्यालेक्सी युथ क्लबले यस्तै सहयोगी अभियानका साथै सरसफाई अभियान समेत गर्दै आएको छ । 

क्लबले कपिलवस्तुमा सरसफाई अभियानका साथै दुखमा परेकाहरुका लागि सहयोगी हात बनेर काम गरिरहेको छ । क्लबले यस बाहेक बालबालिकाको क्षेत्रमा काम गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।

क्लबमा हाल १०१ सदस्य पुगेका छन् भने सदस्य बढ्नेक्रम जारी रहेको गिरीले जानकारी गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै