• २०८३ बैशाख ७ सोमबार

केरलाको तटमा लाइबेरियाको एउटा कार्गो जहाज डुब्यो, २४ जनाको उद्धार

केरलाको तटमा लाइबेरियाको एउटा कार्गो जहाज डुब्यो, २४ जनाको उद्धार

काठमाडौँ । भारतको केरलाको तट नजिकै लाइबेरियाको एउटा कार्गो जहाज डुबेको छ । 

भारतीय तटरक्षक दल र भारतीय नौसेनाले संयुक्त अभियानमा जहाजका सबै २४ चालक दलका सदस्यहरूलाई उद्धार गरेको जानकारी दिएका छन् ।

भारतीय तटरक्षक दलले भनेको छ- 'जहाजमा ६४० कन्टेनरहरू थिए, जसमध्ये १३ वटामा खतरनाक सामग्रीहरू थिए र १२ वटामा क्याल्सियम कार्बाइड बोकेका थिए ।'

जहाजको ट्याङ्कीमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल रहेको बताइएको छ । यसले गर्दा वातावरणमा क्षति पुग्ने खतरा रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै