काठमाडौँ । सार्बजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको अध्ययन अनुगमन उपसमितिको प्रतिवेदन पारित गर्दै आवश्यक कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता तथा भ्रष्टाचार भएको र निर्माण प्रक्रियामा पनि आर्थिक तथा प्राविधिक अनियमितता भएको निष्कर्षसहित आवश्यक कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेको हो ।
लेखा समितिले कन्ट्याक्ट अग्रिमेन्ट विपरीत २ अर्ब २२ करोड ४० लाख कर छुटमा अनियमितता भएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणक्रमको प्रारम्भदेखि अहिलेसम्मका सबै प्रकारका अनियमितताहरूमा व्यापक अध्ययन अनुसन्धान गरेर अनियमिता र भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ।









