• २०८३ बैशाख ५ शनिबार

सिआईबीको नियन्त्रणमा राहुल महरा

सिआईबीको नियन्त्रणमा राहुल महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिबीआई) को टोलीले महराका छोरा राहुललाई पक्राउ गरेको हो । सिआईबी स्रोतले राहुललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको बताएको छ  

गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) भित्र ल्याएको सुन प्रकरणमा महाराका बाबु छोराको नाम जोडिएको थियो ।

विदेशबाट सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबुछोराको सम्पर्क रहेको र भन्सारमा रोकिएको सुन छुटाउन पटक पटक फोन गरेको प्रहरी अनुसन्धानमै देखिएको थियो । 

यो प्रकरणमा भन्सार कार्यालयका नायव सुब्बा खड्का, भन्सार एजेन्ट बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल र साहेव राव पाण्डुङ मरगको संलग्नता खुलेको थियो । संलग्नता देखिएका रामकेशव थापा, गोपाल सुवेदी र दीपेश बस्नेत फरार छन् भने पक्राउ परेका ६ मध्ये अमृत कार्कीबाहेक पाँच जना जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै